ओली निवासबाट बाहिरिँदै प्रचण्डले भने- ‘मन्त्रालयकाे भागबन्डाकाे विषयमा आजै टुंगाे लाग्छ’
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्ले आजै पूर्णता पाउने संकेत दिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको लामो छलफलपछि बालकोटबाट निस्कँदै उनले मन्त्रालयको भागवन्डामा आजै टुंगाे लाग्ने बताएका हुन्।
बालकोटबाट बाहिरिँदै गर्दा पत्रकारहरुले मन्त्रिपरिषदको भागवन्डाकाे विषयमा प्रश्न गर्दा प्रचण्डले आजै टुंगिने बताएका हुन्।
सभामुख र राष्ट्रिपतिका विषयमा भने विश्वासको मत दिने सबै पार्टीसँग मंगलबार छलफल गर्ने उनले बताए।
माघ २, २०७९ सोमबार १५:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।