यी हुन् दुनियाँकै सबैभन्दा महंगा जनावर, ६४ अर्बको कुकुरदेखि १३ अर्बको बिरालोसम्म

यी हुन् दुनियाँकै सबैभन्दा महंगा जनावर, ६४ अर्बको कुकुरदेखि १३ अर्बको बिरालोसम्म

एजेन्सीः जनावरको मूल्यका सम्बन्धमा सामाजिक सञ्जालबाट गरिएको अध्ययनमा आश्चर्यजनक कुरा देखिएका छ। केही कुकुर र बिरालोको मूल्य अर्बाै पर्ने गरेको छ भने केही जनावरलाई त सेलिब्रिटीको दर्जामा राखिएको पाइएकाे छ।

अमेरिकाकी लोकप्रिय गायिका टेलर स्वीफ्टसँग स्कटिस फोल्ड नश्लको एक बिरालो छ। उक्त बिरालोको नाम ओलिभिया बेन्सन हो।

यस बिरालो दुनियाँकै सबैभन्दा तेस्रो महंगो जनावर भएको बताइन्छ। यो बिरालोको मूल्य करीब १३ अर्ब रुपैयाँ पर्छ।

संसारको सबैभन्दा महंगो जनावरको दोस्रो स्थानमा पनि बिरालो नै छ। त्यो बिरालो आफैंमा एक सोसल मिडिया सेलिब्रिटी पनि हो।

इन्स्टाग्राममा @Nala Cat को नामले चर्चित उक्त बिरालोको नाम नाला क्याट हो। इन्स्टाग्राममा ४४ लाख भन्दा धेरै फलोअर रहेको यो बिरालोको मूल्य १३ अर्ब रुपैयाँ भन्दा धेरै रहेको छ।

यो बिरालोको नाम गिनिज बुकमा पनि सामेल रहेको छ।

महंगो जनावरको सूचीमा सबैभन्दा माथि जर्मन शेफर्ड जातको एउटा कुकुर रहेको छ। उक्त कुकुरको नाम Gunther VI हो।

इटालियन कम्पनी गुन्थर कर्पोरेसनको स्वामित्वमा रहेको यो कुकुरको मूल्य करिब ६४ अर्ब रुपैयाँ रहेको बताइन्छ।

न्युयोर्क पोस्टमा प्रकाशित रिपोर्ट अनुसार यी जनावरको सूची इन्स्टाग्रामको विश्लेषणका आधारमा बनाइएको हो।

टेलर स्विफ्टले सन् २०२० मा ओलिभियाको फोटो इन्स्टाग्राममा पोस्ट गरेकी थिइन्। उक्त फोटोमा २० लाखभन्दा धेरै लाइक प्राप्त भएको थियो।

माघ २, २०७९ सोमबार १४:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।