यतीको विमान दुर्घटनामा मृत्यु हुनेमा कृषि प्रसार अधिकृत श्रेष्ठ पनि

यतीको विमान दुर्घटनामा मृत्यु हुनेमा कृषि प्रसार अधिकृत श्रेष्ठ पनि

काठमाडौं: पोखरामा भएको विमान दुर्घटनामा नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती–६ विष्णुनगरका मोहनप्रकाश श्रेष्ठको पनि मृत्यु भएको पुष्टि भएको छ। यो खबरसँगै पूरै गाउँ हिजोदेखि शोकमा डुबेको छ।

विगत पाँच वर्षदेखि उनी कृषि ज्ञानकेन्द्र म्याग्दीमा कृषि प्रसार अधिकृतका रूपमा कार्यरत थिए। केन्द्रका प्रमुख किरन सिग्देलले सोमबार बिहान श्रेष्ठको शवको पहिचान भएको बताए।

“यात्रुको विवरण र सम्पर्क नम्बर मिलेको थियो,” उनले भने, “उहाँको साथमा रहेका कागजात र शवको पहिचान भएको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको शव परीक्षणको पर्खाइमा छौँ।”

नवलपुर स्थायी ठेगाना भएका श्रेष्ठ गत असोजमा म्याग्दीमा सरुवा भएर आएका थिए। विस २०७४ मा निजामती सेवामा प्रवेश गरेका श्रेष्ठ म्याग्दी आउनुअघि नवलपुरमा कार्यरत थिए।

श्रेष्ठको परिवारले हिजो नै पोखरा पुगेर शव पहिचान गरिसकेका छन्। शव आजै परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको परिवारले जनाएको छ।

श्रेष्ठको परिवारमा श्रीमती, एक छोरी र बुवाआमा छन्।

माघ २, २०७९ सोमबार १३:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।