१९ वर्षपछि प्रिमियर लिग जित्ने दाउमा आर्सनल, टाेटनहमलाई हराउँदै ८ अंकको अग्रता
एजेन्सीः १९ वर्षपछि इंग्लिस प्रिमियर लिगकाे उपाधि जित्ने तयारीमा रहेकाे आर्सनलले लिगकाे शीर्षस्थानमा ८ अंकको स्पष्ट अग्रता बनाएकाे छ। यसअघि आर्सनलले लिग उपाधि जितेकाे सन् २००३/०४ सिजनमा हाे।
आइतबार राति भएको खेलमा टोटेनहमलाई २-० ले हराउँदै आर्सनलले दाेस्राे स्थानमा रहेकाे म्यानचेस्टर सिटीसँग ८ अंककाे अग्रता कायम गरेको हो।
टोटेनहमलाई उसैकाे घरेलु मैदानमा हराउन आर्सनलले दुवै गाेल खेलकाे पहिलाे हाफमा गरेकाे थियाे। खेलकाे १४औं मिनेटमा टोटनहमका गोलरक्षक ह्युगो लोरिसले आर्सनललाई आत्मघाती गोल उपहार गरेका थिए।
यसपछि खेलका ३६ औं मिनेटमा ओडेगार्डले आर्सनलको लागि दाेस्राे गोल गरे।
याे जितपछि लिग लिडर आर्सनलले १८ खेलबाट ४७ अंक बनाएकाे छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको समान खेलबाट ३९ अंक छ। १९ खेलबाट ३३ अंक रहेकाे टोटेनहम लिगकाे पाँचौं स्थानमा छ।
माघ २, २०७९ सोमबार १२:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।