सभामुख निर्वाचन नजिकिएसँगै ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

सभामुख निर्वाचन नजिकिएसँगै ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भइरहेको छ।बालकोटस्थित ओली निवासमा आज बिहान १०ः२० बजे पुगेका प्रधानमन्त्री दाहाल र ओलीबीच वर्तमान राजनीतिक परिवेश र मन्त्रिपरिषद् विस्तारबारे छलफल जारी रहेको बताइएको छ।

पुस २६ मा प्रतिनिधि सभाबाट विश्वासको मत लिएपछि प्रधानमन्त्री अहिले मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा छन्। आइतबार साँझ पनि उनीहरूबीच बालुवाटारमा भेटवार्ता भएको थियो।

आजको भेटमा ओली–प्रचण्डबीच मन्त्रिपरिषद् विस्तार, राष्ट्रपति र सभामुख निर्वाचनलगायत विषयमा छलफल भइरहेको ओलीको सचिवालयले जानकारी दिएको छ।

आउँदो बुधबार हुने सभामुख निर्वाचन नजिकिएसँगै दुई नेताबीच भेटवार्ता पनि बाक्लिएको छ।

माघ २, २०७९ सोमबार ११:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।