यति एयर दुर्घटना: २६ शवको पहिचान खुल्यो, आफन्त बोलाइँदै
काठमाडौं: आइतबार दुर्घटनामा परेको यति एयरलायन्सको जहाजमा सवार यात्रुमध्ये २६ शवको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७ जनाको शव लगिएको र तीमध्ये हालसम्म २६ जनाको पहिचान खुलेको जानकारी दिए।
पहिचान खुलेका शव जिम्मा लगाउनका लागि आफन्तलाई बोलाइएको उनले जानकारी दिए। बिहानैदेखि पोखराको मौसम प्रतिकूल भइरहेका कारण थप उद्धारका काममा कठिनाइ भएको छ।
माघ २, २०७९ सोमबार १०:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।