सुदूरपश्चिम प्रदेशमा आज पनि सभामुख चयनका लागि निर्वाचन हुने

सुदूरपश्चिम प्रदेशमा आज पनि सभामुख चयनका लागि निर्वाचन हुने

काठमाडौं: सुदूरपश्चिम प्रदेशमा प्रदेश सभाका सभामुख चयन गर्न आज पनि निर्वाचन हुने भएको छ। यसअघि दुई पटक भएको निर्वाचनबाट सभामुख चयन हुन नसकेपछि आज तेस्रो पटक निर्वाचन हुन लागेको हो।

निर्वाचन प्रक्रिया आज बिहान ९ बजेबाट सुरु हुनेछ।

सभामुखको लागि माओवादीबाट भीम भण्डारी उम्मेदवार छन्। यस्तै कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार छन्। भण्डारीलाई सत्ता साझेदार दल एमालेको पनि साथ छ।

यसअघि पुसको २८ गते भएको पहिलो निर्वाचनमा १ मत नपुग्दा भण्डारी सभामुख बन्न पाएका थिएनन्। एक मत बदर हुँदा उनले आवश्यक मत सङ्ख्या २७ पुर्याउन सकेनन्।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा पुनः ३० गते सभामुखको लागि दोस्रो निर्वाचन भएको थियो। तर त्यस दिन नागरिक उन्मुक्ति पार्टीले आफ्नो ७ मत भण्डारी र रावल दुवैलाई नदिएपछि दुवै सदस्यले बहुमत पाउन सकेनन्।

बहुमतको लागि २९ सङ्ख्या आवश्यक भए पनि दुवैले २२-२२ मत मात्र पाएका थिए।

माघ २, २०७९ सोमबार ०७:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।