भक्तपुरमा मनाइयाे पञ्चदान पर्व
भक्तपुरः भक्तपुरमा पञ्चदान पर्व मनाइएको छ। आजा (शनिबार) दिपंकर बुद्धहरूलाई बिहारबाट निकालेर नगरको विभिन्न भागमा परिक्रमा गराएर पञ्चदान पर्व मनाइएकाे हाे।
पञ्चदान पर्वमा दिपंकर बुद्धको मूर्ति भित्र एकजना मान्छे बसेर बुद्धको मास्क लगाएर भक्तपुर परिक्रमा गराइन्छ। पञ्चदान पाँच ग्रीष्म उपहारहरूको पर्व हो।
यस पर्वमा दैनिक जीवनका लागि आवश्यक पर्ने चामलको दाना, नुन, पैसा र दाल लगायत पाँचवटा विभिन्न वस्तुहरू दान गरिन्छ। आजकल,आफ्नो इच्छा र क्षमताअनुसार मानिसहरूले यो बाहेक अन्य चीजहरू पनि दान गर्ने गरेका छन्।
माघ १, २०७९ आइतबार १९:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।