विमान दुर्घटनाः सनाखत भएका ११ जनाकाे शव भाेली आफन्तलाई बुझाइने, अन्यकाे डीएनए परीक्षण गरिने
पाेखराः आज बिहान पोखरामा भएको यती एयरलायन्सको विमान दुर्घटनामा परेर मृत्यु हुने मध्ये ११ जनाको सनाखत भएको छ। दुर्घटनास्थलबाट हालसम्म ६८ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले बताए।
उनका अनुसार दुर्घटनास्थलबाट निकालिएका शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको छ। जसअनुसार विमान दुर्घटनामा मृत्यु हुने ११ जनाको मात्र सनाखत भएको छ।
सनाखत भएकाहरुमा निशान्त आचार्य, संगिता शाही, डा.सुशील श्रेष्ठ, डा.सेना दिवाकर, अदाकत अलिमिया, पूर्णकुमार गुरुङ, लक्ष्मी पौडेल, प्रसिद्धी पौडेल, अरुण पौडेल र १० महिनाका रियान पौडेल रहेका छन्।
पहिचान भएका शव भोलि सोमबार आफन्तलाई जिम्मा लगाउने बताइएको छ। पहिचान नभएका शवको डीएनए परीक्षणका लागि भोलि नै काठमाडौं पठाइने भएको छ।
काठमाडौँबाट बिहान १०.३३ बजे पोखरा विमानस्थलमा उडेको जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए।
माघ १, २०७९ आइतबार १८:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।