यति विमान दुर्घटनामा ६८ शव फेला पर्‍यो : प्राधिकरण

यति विमान दुर्घटनामा ६८ शव फेला पर्‍यो : प्राधिकरण

काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनामा परेको यति एयरलाइन्सको विमान रहेका ७२ मध्ये ६८ जनाको शव फेला परेको छ।

चालक दलसहित ७२ जना सवार रहेको विमान आइतबार बिहान पोखराको सेतीको खोँचमा दुर्घटनामा परेको थियो।

दुर्घटना लगत्तै उद्धार र खोजी अभियान सुरु भए गरिएको थियो। विमान खसे लगत्तै आगलागी भएको थियो।

विमान काठमाडौँबाट पोखरा उडेको थियो जसमा ५३ नेपाली र १५ विदेशी नागरिक सवार थिए।

 

माघ १, २०७९ आइतबार १७:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।