राष्ट्रपतिले ट्वीटरमार्फत गरिन् विमान दुर्घटनाप्रति दुःख व्यक्त

राष्ट्रपतिले ट्वीटरमार्फत गरिन् विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडाैंः राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले आज ट्वीट गर्दै दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेकी हुन्।

उनकाे ट्वीटमा लेखिएकाे छ, ‘यती एयरलाइन्सको एटिआर–७२ विमान पोखरामा दुर्घटना भएको खबरले स्तब्ध भएको छु। दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।’ 

माघ १, २०७९ आइतबार १६:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।