परिवारका सदस्यलाई देखाएर गण्डकी अस्पतालमा शवकाे सनाखत गरिँदै, अधिकांशः शव पहिचान गर्न नसकिने अवस्थामा
पाेखराः पोखराको सेती नदीको खोँचमा आज बिहान भएको विमान दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको छ। अहिले परिवारका सदस्यलाई देखाएर गण्डकी अस्पतालमा शवकाे सनाखत गरिँने काम भैरहेकाे बताइएकाे छ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीका अनुसार शवहरू अधिकांशः पहिचान गर्न नसकिने अवस्थामा रहेको छ।
शवहरू अस्पताल लगिएसँगै दिवङ्गत यात्रुका परिवारजनले अस्पताल परिसर भरिएको छ। अस्पताल परिसरमा दिवङ्गत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन्।
दिउँसो २ः१५ बजेसम्म एक बच्चासहित ३० जनाको शव अस्पताल ल्याइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा. डा. भरतबहादुर खत्रीले जानकारी दिएका छन्।
माघ १, २०७९ आइतबार १६:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।