जहाज दुर्घटनामा हालसम्म ३६ जनाको शव भेटियो, उद्धार जारी
पोखरा : पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको ९ एन–एएनसी जहाज दुर्घटनाका ३६ यात्रुको शव भेटिएको छ।
जहाज दुर्घटनामा मृत्यु भएका ३६ जनाको शव निकालिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जानकारी दिए।
सेती नदीको खोचबाट उद्धारको कार्य जारी छ। शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ। सेती खोँचमा विमान खसेपछि ठुलो आगलागी भएको थियो।
काठमाडौँबाट बिहान १०.३३ बजे पोखरा विमानस्थलमा उडेको जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए। जहाज १० बजेर ५४ मिनेटदेखि सम्पर्कविहीन भएको उड्डयन प्राधिकरणले जनाएको छ।
माघ १, २०७९ आइतबार १३:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।