दुर्घटनामा परेको विमानमा ५३ नेपाली, १५ विदेशी यात्रु
पोखरा: पोखराको सेती खोचमा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा ५३ नेपाली र १५ जना विदेशी यात्रु रहेको खुलेको छ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानमा चार जना चालक दलका सदस्य थिए। विमानमा ५३ नेपालीसँगे पाँच भारतीय, चार रसियन, २ जना कोरियन नागरिक सवार थिए।
यसैगरी अस्ट्रेलियन,अर्जेन्टिनी र एक फ्रेन्च नागरिक विमानमा थिए।पोखराको सीताराम हाउजीङ नजिक सेती नदीको खोचमा जहाज ढलपल गर्दै खसेको थियो।
अहिले दुर्घटनास्थलमा आगो निभाएर यात्रुको उद्धार भइरहेको छ।जहाजमा लागेको आगो नियन्त्रणमा लिएर उद्धारमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी घटनास्थलमा छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन विमानस्थल पुगेर दुर्घटनाबारे जानकारी लिएका थिए।
माघ १, २०७९ आइतबार १३:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।