पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान स्थगित

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान स्थगित

काठमाडौं: आज बिहान यति एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटना भएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए।

विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए। विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए।

विमानमा आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए। जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना अपाङ्गता भएका व्यक्ति सवार थिए।

माघ १, २०७९ आइतबार १३:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।