पोखराको नयाँ विमानस्थलमा 'डेमो फ्लाइट' गरेकै विमान दुर्घटनामा

पोखराको नयाँ विमानस्थलमा 'डेमो फ्लाइट' गरेकै विमान दुर्घटनामा

पोखरा: पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो 'डेमो फ्लाइट' गरेकै विमान भएको खुलेको छ। पोखराको नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्न तयार भएपछि २२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा पोखराका पर्यटन व्यवसायी,उद्योगी, सञ्चारकर्मी लगायतलाई उडाएर यही विमानले डेमो उडान गरेको थियो।

काठमाडौंबाट ६८ यात्रु र चार जना चालक दलका सदस्यसहित ७२ जना सवार विमान पोखारा- १७ को सेती नदी खोँचमा दुर्घटनाग्रस्त भएको थियो। विमान अनुभवी पाइलट कमल केसीले उडाएका थिए। दुर्घटनाको कारण अझै खुल्न सकेको छैन।

घटनास्थलमा अझै उद्धार कार्य जारी नै छ। हाल आगो निभाउने प्रयास भइरहेको छ। आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी घटनास्थलमा खटिएका छन्।

माघ १, २०७९ आइतबार १२:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।