दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री प्रचण्ड विमानस्थलमा, मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान

दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री प्रचण्ड विमानस्थलमा, मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान

काठमाडौं: काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ विमान आज बिहान दुर्घटनामा परेको छ।दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले प्रभावकारी उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन्। यस्तै आजका लागि उनको तय भएको सबै औपचारिक कार्यक्रम रद्द भएको पनि उनको सचिवालयले बताएको छ।

यस्तै दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल गएका छन्।

माघ १, २०७९ आइतबार १२:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।