४६ वर्षअघि पढाएकाे सम्झँदै प्रचण्डले भने- ‘म जानुपूर्व एसएलसीमा कोही पास भएका थिएनन्, मलै पढाएपछि आठजना पास भए’

४६ वर्षअघि पढाएकाे सम्झँदै प्रचण्डले भने- ‘म जानुपूर्व एसएलसीमा कोही पास भएका थिएनन्, मलै पढाएपछि आठजना पास भए’

काठमाडाैंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले करिब ४६ वर्षअघि गोरखाको आरुघाटस्थित भीमोदय माध्यामिक विद्यालयमा अध्यापन गराएका थिए। शनिबार एक कार्यक्रममा उनले आरुघाटमा अध्यापन गराउँदाकाे अविस्मरणीय क्षण सम्झिए।

उनले भने, ‘त्यतिबेलाको समय ऊर्जाशील थियो। म जानुपूर्व एसएलसीमा कोही पनि उत्तीर्ण भएका थिएनन्। म शिक्षक भएर गएपछि आठ विद्यार्थी उत्तीर्ण भए।’

कम्युनिस्ट आन्दोलनका पुराना नेता तथा माओवादी केन्द्रका ज्येष्ठ नागरिक सल्लाहकार भुवनप्रसाद श्रेष्ठद्वारा लिखित ‘कम्युनिस्ट आन्दोलनका प्रेरक भुवन दाइ’ पुस्तकको आज विमोचन गर्दै प्रधानमन्त्री दाहालले ४६ वर्षपछि गोरखाको जनप्रतिनिधिका रुपमा निर्वाचित भएर देशको कार्यकारी प्रमुखको भूमिकामा पुग्न सफल भएकाे बताए।

पुस्तकमाथि चर्चा गर्दै प्रधानमन्त्री दाहालले भने, ‘भुवन दाइको पुस्तक विमोचन गर्न पाउँदा गौरवको अनुभूति भएको छ। झण्डै ४६ वर्ष पहिले भीमोदय माविमा फर्किएजस्तो अनुभूति भएको छ। पुराना शिक्षक साथीहरू र विद्यार्थीहरू पनि देख्दा छुट्टै आत्मीयता महसुस भएको छ। मलाई युवा जीवनको स्मृति भइरहेको छ।’

पुष ३०, २०७९ शनिबार १८:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।