निर्मला कुर्मीलाई न्याय दिन नसके गृहमन्त्रीबाट राजीनामा दिन्छुः रवि लामिछाने

निर्मला कुर्मीलाई न्याय दिन नसके गृहमन्त्रीबाट राजीनामा दिन्छुः रवि लामिछाने

काठमाडौंः गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीलाई न्याय दिन नसके गृहमन्त्रीबाट राजीनामा दिने बताएका छन्। बाँकेकी निर्मला कुर्मी बेपत्ता प्रकरणमा आन्दाेलनरत महिलाहरूलाई भेटेर गृहमन्त्री लामिछानेले अनुसन्धानमा सहयाेग गर्न आग्रह गरे।

कुर्मीकाे हत्या भएको र राज्यले न्याय नदिएकाे भन्दै रुबी खानकाे नेतृत्वमा महिलाहरू काठमाडौंको माइतीघरमा आन्दाेलनरत रहेका छन्। शनिबार उनीहरूलाई भेट्न माइतीघरमा पुगेका गृहमन्त्री लामिछानेले यस मुद्दामा काम गर्न सुरू गरेको दुई हप्तामात्रै भएकाले अनुसन्धानकाे लागि समय मागे।

उनले एकपटक राम्रोसँग काम गर्न दिनुस् भन्दै अनुसन्धानमा कुनै कमजाेरी भयाे भने गृहमन्त्रीबाट राजीनामा दिन पनि तयार रहेकाे बताए।

पुष ३०, २०७९ शनिबार १७:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।