रोकिराखेको ट्रकमा ठोकिएर मोटरसाइकल चालकको मृत्यु, ट्रक चालक फरार

रोकिराखेको ट्रकमा ठोकिएर मोटरसाइकल चालकको मृत्यु, ट्रक चालक फरार
File Photo

सर्लाही : जिल्लाको बागमती नगरपालिका–२ स्थित सडकमा बिग्रिएर रोकी राखेको ट्रकमा गएराती मोटरसाइकल ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाहीकै गोडैता नगरपालिका ४ बस्ने अन्दाजी ३२ वर्षीय विश्वजित हजारी रहेका छन्।

रोकी राखेको ना ५ ख ७५६४ नम्बरको उखु लोड गरेको ट्रकमा बरहथवाबाट नयाँरोड तर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००४ प १५९३ नम्बरको मोटरसाइकल गएराती पौने १ बजे ठोकिएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।

ट्रक चालक फरार भएकाले खोजी भइरहेको छ।

पुष ३०, २०७९ शनिबार १४:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।