लिथ्यूनियाको ग्यास पाइपलाइनमा ठूलो विस्फोट

लिथ्यूनियाको ग्यास पाइपलाइनमा ठूलो विस्फोट

एजेन्सी : लिथ्यूनियाको उत्तरी क्षेत्र पासभेलिसमा ग्यास पाइपलाइन विस्फोट भएको छ।

लाटभियाको सिमाना नजिकै शुक्रबार भएको विस्फोटपछि पाइपलाइनबाट आगोका ज्वाला निस्किएको थियो।

अधिकारीहरुका अनुसार विस्फोटमा कुनै मानवीय क्षति भने भएको छैन।

लातभियाका रक्षामन्त्री आर्टिस पाब्रिक्सले ट्वीटरमा दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिए।

तर, पाइपलाइन अपरेटर एम्बर ग्रिडले यस विस्फोटको बारेमा अहिलेसम्म कसैलाई शंका नगरेको बताए।

एम्बर ग्रिडका प्रमुख कार्यकारीले भने, ‘प्रारम्भिक मूल्याङ्कनले कुनै गलत नियत खुलेको छैन तर अनुसन्धानमा सबै पक्षहरूलाई ध्यान दिइनेछ।’

उनका अनुसार यो पाइपलाइन सन् १९७८ मा निर्माण भएको हो। त्यसमा मर्मतको काम भइरहेको थियो।

पाइपलाइनमा विष्फोटको कारण पुरानो हुनु हो कि होइन भन्नेबारे अधिकारीहरुले अनुसन्धान गरिरहेका छन्।

पुष ३०, २०७९ शनिबार १३:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।