प्रधानमन्त्रीकप महिला क्रिकेटमा एपीएफकाे विजयी सुरूवात
काठमाडौं : प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफले विजयी सुरुवात गरेको छ।
सुनसरीको इटहरीमा शनिबार भएको पहिलो खेलमा एपीएफले गण्डकी प्रदेशलाई ७ विकेटले हरायो। टस हारेर पहिला ब्याटिङ गरेको गण्डकीले एपीएफलाई ५२ रनको लक्ष्य दिएको थियो।
एपीएफले ८ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो। एपीएफकी कप्तान सीता राना मगरले अविजित १९ रन तथा रोमा थापाले १४ रन जोडिन्।
गण्डकीकी सृष्टि जैसीले ३ विकेट लिइन्।
त्यसअघि गण्डकीले २० ओभरमा ७ विकेट गुमाएर ५१ रन बनाएको थियो। त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ७ विकेट गुमाएर ५१ रन जोडेको थियो।
गण्डकीकी कप्तान सृष्टि जैसीले सर्वाधिक १४ रन बनाइन्। एपीएफकी सुमन विष्टले ३ विकेट लिइन्। जितसँगै एपीएफले २ अङ्क जोडेको छ।
आज हुने दोस्रो खेलमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश खेल्दैछन्। यो खेल दिउँसो १ बजेदेखि सुरु भएको छ।
प्रतियोगितामा सात वटा प्रदेश तथा एक विभागीय गरी ८ टोली सहभागी छन्। सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
दुई वटा समूहका विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन्। फाइनल खेल माघ ७ गते हुनेछ। प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
पुष ३०, २०७९ शनिबार १३:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।