एलन मस्कमाथि ठगीकाे आराेप, २०१८ मा गरेको ट्वीटका कारण तनावमा

एलन मस्कमाथि ठगीकाे आराेप, २०१८ मा गरेको ट्वीटका कारण तनावमा
Photo: Skynews

एजेन्सी : इलेक्ट्रिक कार निर्माता टेस्ला र माइक्रो ब्लगिङ प्लेटफर्म ट्विटरका प्रमुख एलोन मस्कले पछिल्ला केही महिनामा अर्बौंको सम्पत्ति गुमाए।

सम्पत्ति गुमाए पनि उनको शैली फेरिएको छैन। उनी अझै उस्तै शैलीमा छन्। यसैबीच अब मस्कमाथि ठगीको आरोपमा कारबाहीको तयारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। मस्कको २०१८ को एउटा ट्वीटको सम्बन्धमा आगामी मंगलबार अर्थात् १७ जनवरीमा अदालतमा सुनुवाइ हुनेछ।

त्यो समयमा मस्कले आफ्नो कम्पनी टेस्लालाई निजी कम्पनी घोषणा गर्नेबारे ट्वीट गरेका थिए। यसमा उनले टेस्लालाई प्राइभेट लिनका लागि अहिले आफूसँग पर्याप्त रकम रहेको बताएका थिए। उनको ट्वीटपछि टेस्लाको शेयरमा ठूलो उछाल आएको थियो।

तर, यो ट्विटलाई लिएर मस्कमाथि प्रश्न पनि उठेको छ। धेरै शेयरधनीहरुले मस्कले आफ्नो कम्पनीको शेयरको मूल्य बढाउनका लागि मात्रै यो ट्विट गरेको आरोप लगाएका छन्।

अमेरिकी बजार नियामक (सेक्युरिटीज एण्ड एक्सचेन्ज आयोग)ले मस्कलाई टेस्लाको बोर्ड अध्यक्ष पद छोड्न र २० मिलियन डलर जरिवाना तिर्न आदेश दिएको थियो। अमेरिकी बजार नियामकको यो आदेशविरुद्ध मात्रै मस्क अदालत गएका थिए।

उनका वकिलहरूले पहिले नै यो मुद्दा सान फ्रान्सिस्को बाहिर सुनुवाइ गर्न माग गरिसकेका छन्, किनभने यो यहाँ छ कि उनले गत वर्ष अक्टोबरमा ट्विटर किनेका थिए र कम्पनीले कामदार निकाल्ने निर्णय गरेकोमासमेत उनको चर्को आलोचना भएको थियो।

मस्कका वकिलहरूका अनुसार उनका केही निर्णयका कारण उनले सान फ्रान्सिस्कोमा निष्पक्ष सुनुवाइ पाउने छैनन्। ट्विटर किनेपछि मस्कले कम्पनीका ७५०० कर्मचारीलाई बर्खास्त गरेका थिए।

पुष ३०, २०७९ शनिबार ११:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।