‘पठान’ रिलिजअघि नै शाहरुख खानलाई फ्यान क्लबले दियो ठूलो 'सरप्राइज'
एजेन्सी : बलिउडका बादशाह शाहरुख खान चार वर्षपछि आफ्नो फिल्म ‘पठान’ मार्फत ठूलो पर्दामा इन्ट्री गर्न लागेका छन्।
शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्म २५ जनवरीमा बक्स अफिसमा रिलिज हुँदैछ। तर, ‘पठान’ रिलिज हुनुअघि नै शाहरुख खानलाई उनका फ्यानले ठूलो उपहार दिएका छन्।
रिपोर्टका अनुसार शाहरुख खानको फ्यान क्लबले भारतभर ५० हजार मानिसका लागि ‘पठान’ को फर्स्ट डे फर्स्ट शोको स्क्रिनिङ आयोजना गरेको छ।
पिंकभिलाको रिपोर्ट अनुसार फ्यान क्लबका सह–संस्थापक यश परायणीले आफूले २०० भन्दा बढि सहरमा फ्यानका लागि ‘पठान’ शो आयोजना गर्ने बताए।
पहिलो दिन मुम्बईमा ‘पठान’को ८ शो र दिल्लीमा ६ शो बुक भएको उनले जानकारी दिए। हिसाब गर्ने हो भने फ्यान क्लबका यी शोबाट ‘पठान’ले १ करोडभन्दा बढि कमाउनेछ।
यशले अन्तर्वार्तामा ‘पठान’ उद्घाटनको दिन मात्र नभई यो उत्सव हप्ताभर चल्ने बताए। यसका लागि क्लबले विशेष कार्यक्रमको आयोजना गरेको छ।
‘हामीले ड्रम र ड्रमका साथ पठानको विशेष सामान र कटआउटहरू वितरण गर्नेछौं। हामी शाहरुख खानका फिल्महरूलाई उत्सवको रूपमा मनाउने लक्ष्य राख्छौं,’ उनले थपे।
पुष ३०, २०७९ शनिबार १०:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।