बालुवाटारमा प्रचण्ड–ओली भेट, मन्त्रिपरिषद् विस्तारबारे छलफल

बालुवाटारमा प्रचण्ड–ओली भेट, मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेट भएको हो।

भेटमा मन्त्रिपरिषद् विस्तार, सरकारका आगामी कार्यक्रम र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सरकारमा अहिले प्रधानमन्त्री र तीन उपप्रधानमन्त्रीसहित आठ जना सदस्य छन्। जसमध्ये चार जनाको मन्त्रालय अहिलेसम्म तोकिएको छैन।

पुष ३०, २०७९ शनिबार १०:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।