एक वर्षपछि राष्ट्रिय टिममा फर्किए पृथ्वी शा, टेस्ट टिममा पहिलोपटक सूर्यकुमार
एजेन्सी : भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले न्यूजिल्याण्डसँगको एकदिवसीय र टी–२० सिरिजका लागि भारतीय क्रिकेट टोलीको घोषणा गरेको छ।
जनवरी १८ बाट सुरु हुने यो सिरिजका लागि न्युजिल्याण्डको टोली भारत आउनेछ। दुवै टोलीले तीन वटा एकदिवसीय र तीन टी–२० खेल खेल्नेछन्।
यसबाहेक भारत र अष्ट्रेलियाबीच चार खेलको टेष्ट सिरिज पनि हुँदैछ। यो सिरिज भारतमा पनि आयोजना हुनेछ।
यस शृङ्खलाको पहिलो दुई टेष्ट खेलको टोली र मिति पनि घोषणा गरिएको छ। यसपटक टोलीमा दुईवटा विशेष परिवर्तन देखिएको छ।
सूर्यकुमार यादव र इशान किशनलाई पहिलो पटक टेष्टका लागि टोलीमा समावेश गरिएको छ। सूर्यकुमार यादवले एकदिवसीय र टी–२० मा राम्रो प्रदर्शन गरिरहेका छन्। उनले टेस्ट खेल्ने इच्छा पनि व्यक्त गरेका छन्।
योसँगै पृथ्वी शालाई टी–२० खेलका लागि टोलीमा समावेश गरिएको छ। करिब एक वर्षपछि उनी भारतीय टोलीमा फर्किएका हुन्।
उनले अन्तिम पटक जुलाई २०२१ मा श्रीलंकासँग टी–२० सिरिज खेलेका थिए। यसपटक पनि रोहित शर्मालाई एकदिवसीय र हार्दिक पाण्डेयलाई टी–२० कप्तान बनाइएको छ।
केएल राहुल र अक्षर पटेल केही पारिवारिक कारणले न्युजिल्याण्ड सिरिजमा सहभागी नहुने भएका छन्। टेष्ट सिरिजको कुरा गर्दा पहिलो खेल फेब्रुअरी ९ बाट सुरु हुनेछ भने अन्तिम खेल मार्च ९ मा राखिएको छ। रविन्द्र जडेजा यसमा सामेल हुने वा नहुने उनको फिटनेसमा भरपर्ने बीसीसीआईले जनाएको छ।
एकदिवसीय टोलीः रोहित शर्मा, शुभमन गिल, इशान किशन, विराट कोहली, श्रेयस अय्यर, सूर्यकुमार यादव, केएस भरत, हार्दिक पाण्डेय, वाशिंगटन सुन्दर, शाहबाज अहमद, शार्दुल ठाकुर, यजुवेन्द्र चहल, कुलदीप चहल, मोहम्मद शामी, मोहम्मद सिराज, उमरान मलिक।
टी–२० टोलीः हार्दिक पाण्डेय, सूर्यकुमार यादव, इशान किशन, ऋतुराज गायकवाड, शुभमन गिल, दीपक हुडा, राहुल त्रिपाठी, जितेश शर्मा, वाशिंगटन सुन्दर, कुलदीप यादव, युजभेन्द्र चहल , अर्शदीप सिंह, उमरान मलिक, शिवम मावी, पृथ्वी शा, मुकेश कुमार।
टेस्ट शृंखलाका लागि टोली: रोहित शर्मा (कप्तान), केएल राहुल, शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली, श्रेयस अय्यर, केएस भरत, इशान किशन, आर अश्विन, अक्षर पटेल, कुलदीप यादव, रविन्द्र जडेजा, मोहम्मद शामी, मोहम्मद सिराज, उमेश यादव, जयदेव उनाडकट, सूर्यकुमार यादव
पुष ३०, २०७९ शनिबार ०९:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।