सुर्खेतमा दुई यातायात कम्पनी मर्ज

सुर्खेतमा दुई यातायात कम्पनी मर्ज

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित दुई यातायात कम्पनी मर्ज भएका छन्।

वीरेन्द्रनगरबाट सञ्चालन हुँदै आएका पब्लिक हिमाल यातायात र बौद्ध यातायात कम्पनी मर्ज भएका हुन्।

आफ्नो संस्थामा रहेका एक सय ४४ सवारी पब्लिक हिमाल यातायात प्रालिमा समाहित भएकाे बौद्ध यातायात प्रालिका अध्यक्ष कमल गुरुङले बताए।

‘हामी यही माघ १ गतेबाट संयुक्त रूपमा यातायात सञ्चालन गर्नेछौं,’ उनले भने।

त्यसैगरी, पब्लिक हिमाल यातायात प्रालिका अध्यक्ष खगेन्द्रप्रसाद शर्माले यातायातको क्षेत्रमा आएको धेरै फुट र विभाजनको अवस्थाले सवारीधनी धराशायी हुन पुगेकाले समायोजन हुनुपरेको बताए।

यसले सवारी धनीलाई धेरै राहत हुने उनको विश्वास छ।

पुष ३०, २०७९ शनिबार ०८:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।