कुनै समय बोनी कपूरलाई राखी बाँध्थिन् श्रीदेवी, पछि बनिन् उनकै श्रीमती
एजेन्सी : बलिउड फिल्मकी चाँदनी भनेर चिनिएकी स्वर्गीय श्रीदेवीले आफ्नो अभिनयको बलमा बलिउडमा ठूलो स्थान कमाएकी थिइन्। ८० र ९० को दशककी यी अभिनेत्रीको सुन्दरतामा करोडौं फ्यान मरिहत्ते गर्थे।
श्रीदेवीले सन् १९६७ मा तमिल फिल्म ‘कन्धन करुणाई’बाट बाल कलाकारको रूपमा आफ्नो करियर सुरु गरेकी थिइन्।
धेरै तमिल, तेलुगु र मलयालम फिल्महरूमा काम गरिसकेपछि, श्रीदेवीले सन् १९७५ मा फिल्म ‘जुली’बाट बलिउडमा डेब्यू गरिन्। यस फिल्मबाट श्रीदेवीले देशव्यापी चर्चा पाइन्।
आफ्नो ५० वर्षको करियरमा कयौं सुपरहिट फिल्म दिएकी श्रीदेवी आफ्नो व्यावसायिक जीवनका साथै व्यक्तिगत जीवनका कारण पनि चर्चामा थिइन्।
बोनी कपूरसँग विवाह गर्नुअघि श्रीदेवी अभिनेता मिथुन चक्रवर्तीसँग गहिरो प्रेममा थिइन्। कमैलाई थाहा छ होला श्रीदेवी फिल्म निर्माता बोनी कपूरकी पहिलो पत्नी मोना कपूरकी धेरै राम्रो साथी थिइन्।
उनीहरूको मित्रताकै कारण मोनाले श्रीदेवीलाई आफ्नो घरमा बस्ने ठाउँ दिएकी थिइन्। त्यो बेला अभिनेत्री श्रीदेवी मिथुन चक्रवर्तीसँग डेट गरिरहेकी थिइन्।
एक समय यस्तो पनि थियो जब श्रीदेवीले बोनी कपुरलाई राखी बाँध्थिन्। वास्तवमा श्रीदेवी मिथुन चक्रवर्तीलाई चोखो माया गर्थिन्। तर मिथुन भने श्रीदेवी र बोनी कपुरमाथि शंका गर्थे।
मिथुनलाई आफ्नो प्रेममा विश्वास दिलाउन श्रीदेवीले एकपटक बोनी कपूरलाई राखी बाँधेकी थिइन्। इन्टरटेनमेन्ट न्यूजका अनुसार, यो कुरा बोनी कपूरकी पहिलो पत्नी मोनाले नै खुलाएकी थिइन्।
फिल्म ‘मिस्टर इन्डिया’ को सुटिङका क्रममा निर्माता बोनी कपूरले श्रीदेवीप्रति आफ्नो प्रेम व्यक्त गरेका थिए। श्रीदेवीले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘जब उनले बोनी कपूरलाई नजिकबाट चिनेकी थिइन्, तब उनीसँग प्रेम भयो।’
श्रीदेवी विवाहअघि नै गर्भवती भएपछि दुवैले विवाह गरेका थिए।
पुष २९, २०७९ शुक्रबार २१:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।