भारतमा बस दुर्घटना हुँदा सात महिलासहित १० जनाको मृत्यु

भारतमा बस दुर्घटना हुँदा सात महिलासहित १० जनाको मृत्यु
तस्बिर - एनडिटिभी

एजेन्सी : भारतको पश्चिमी राज्य महाराष्ट्रमा शुक्रबार एक बस र मालबाहक ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। अन्य कयौं घाइते भएका छन्।

महाराष्ट्रको राजधानी मुम्बईबाट करिब १८० किलोमिटर उत्तरपूर्वमा पर्ने नासिक जिल्लाको सिन्नर क्षेत्रमा दुर्घटना भएको हो।

नासिक–शिर्डी राजमार्गको भाभी पठारे गाउँ नजिकै शुक्रबार बिहान बस र मालबाहक ट्रक एकआपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको र अन्य केही घाइते भएको नासिकस्थित प्रहरी कार्यालयले पुष्टि गरेको छ। 

प्रहरीले ‘घाइतेलाई तत्काल अस्पताल लगिएको र केहीको अवस्था गम्भीर रहेको बताएको छ। मृत्यु भएकामध्ये सात महिला, दुई बालबालिका र एक पुरुष रहेको अधिकारीहरूले जनाएका छन्।

उक्त बस ठाने जिल्लाको अम्बरनाथबाट अहमदनगर जिल्लाको मन्दिरहरूको शहर भनिने शिर्डीतर्फ जाँदै गर्दा दुर्घटना भएको हो।

पुष २९, २०७९ शुक्रबार २१:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।