चीनका राजदूतले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि चीनका आवासीय राजदूत छन सङले ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।
शीतल निवासस्थित राष्ट्रपति भवनमा शुक्रबार आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।
उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
पुष २९, २०७९ शुक्रबार १९:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।