मेस्सीका लागि ३० करोड डलरको प्रस्ताव राख्ने तयारीमा साउदी क्लब
एजेन्सी : भर्खरै अर्जेन्टिनालाई विश्व विजेता बनाएका लियोनल मेस्सीलाई साउदी प्रो लिगको क्लब अल हिलालले ३० करोड डलरको प्रस्वाव राख्ने तयारी गरेको छ।
रोनाल्डोलाई आफ्नो क्लबमा अनुबन्ध गरेको क्लब अल नासरको प्रतिस्पर्धी क्लब अल हिलालले मेस्सीलाई ३० करोड अमेरिकी डलरमा मेस्सीलाई प्रस्ताव राख्ने तयारी गरेको डेलीमेलले जनाएकाे छ।
यो सिजन सकिएसँगै पेरिस सेन्ट जर्मनसँगको मेस्सीको सम्झौताको समय सकिने छ। त्यसपछि अल हिलाले उनलाई साउदी ल्याउन लागेको हो।
तर मेस्सीले यसअघि नै आफू पेरिसकै क्लबमा रहने बताइसकेका छन्। यद्यपि रकम बढाउँदा उनी साउदी आउँछन् कि भन्ने आशले क्लबले यति ठूलो रकम खर्च गर्न लागेकाे हाे।
मेस्सीका पिता जर्ज मेस्सी र एजेन्ट सम्भावित कदमको बारेमा छलफलका लागि पहिले नै साउदी अरेबिया पुगिसकेको समाचारमा उल्लेख छ।
अल नासरले रोनाल्डोलाई प्रतिवर्ष २१ करोड ३१ लाख डलरमा आफ्नो क्लबमा भित्र्याएको हो। उसले सन् २०२५ सम्मका लागि रोनाल्डो आफ्नो क्लबमा रहने जनाएको छ।
क्बलमा भित्रिएसँगै रोनाल्डो सपरिवार साउदी पुगिसकेका छन्। उनले पहिलो र दोस्रो खेल खेल्न नपाए २२ जनवरीमा हुने खेलमा भने अल नासरबाट डेब्यु गर्ने बताइएको छ।
पुष २९, २०७९ शुक्रबार १८:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।