एयर इन्डियामा पिसाब गरेको घटनामा नयाँ ट्वीस्ट, अदालतमा आरोपीले बयान फेरे

एयर इन्डियामा पिसाब गरेको घटनामा नयाँ ट्वीस्ट, अदालतमा आरोपीले बयान फेरे

एजेन्सी : न्यूयोर्कबाट नयाँ दिल्लीको उडानमा एक महिलालाई पिसाब गरेको घटनमा नयाँ ट्वीस्ट आएको छ।

अभियुक्त शंकर मिश्रले शुक्रबार अदालतमा आफूले कुनै अपराध नगरेको तर उजुरीकर्ताले आफ्नै सिटमा पिसाब गरेको दाबी गरेपछि घटनामा नयाँ ट्वीस्ट आएको हो।

‘उजुरीकर्ता महिलाको सिट ब्लक भएकाले शंकर मिश्रालाई त्यहाँ जान सम्भव थिएन,’ समाचार एजेन्सी एएनआईका अनुसार शंकर मिश्राका तर्फबाट उपस्थित अधिवक्ता रमेश गुप्ताले अदालतमा भने, ‘महिलालाई हानीकारक वस्तुको सेवन गर्ने समस्या थियो। पिसाब शंकरले होइन उनले नै गरेकी हुन्। उनी कत्थक नृत्याङ्गना हुन् र ८० प्रतिशत कत्थक नृत्याङ्गनामा यो समस्या हुन्छ।’

दिल्ली प्रहरीको अनुसन्धानमा प्रश्न उठाउँदै रमेश गुप्ताले त्यहाँ अरु कोही पनि रहेको दाबी गरे।

उनले भने, ‘महिला आफैँले पिसाब गरेककी हुन्। सिटको व्यवस्था यस्तो थियो कि उनको सिटमा कोही पुग्न सक्दैनन्। उजुरीकर्ताको पछाडि बस्ने यात्रुले त्यस्तो कुनै गुनासो गरेका थिएनन्।’

शंकर मिश्रको तर्फबाट गरिएको तर्क सुनेर अतिरिक्त सत्र न्यायाधीश हरज्योत सिंह भल्लाले भने, ‘उडानमा एक तर्फबाट अर्को तर्फ जान असम्भव छैन, माफ गर्नुहोस्, म पनि विमान चढेको छु। जुनसुकै सिटबाट जोसुकै बसेको सिटमा जान सकिन्छ।’

पुष २९, २०७९ शुक्रबार १७:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।