विदेशी बैंकमा पैसा राखे राष्ट्र बैंकले कारबाही गर्ने, विदेशमा घरजग्गा खरिद नगर्न पनि निर्देशन

विदेशी बैंकमा पैसा राखे राष्ट्र बैंकले कारबाही गर्ने, विदेशमा घरजग्गा खरिद नगर्न पनि निर्देशन

काठमाडाैंः नेपाल राष्ट्र बैंकले विदेशमा कानुनले तोकेबाहेक कुनै पनि प्रकारको लगानी नगर्न आग्रह गरेको छ। केन्द्रीय बैंकले आज एक सूचनामार्फत् विदेशमा पैसा लैजानका लागि थप कडाइ गरेको हाे। 

बैंकले पछिल्ला दिनमा नेपाली नागरिकले विदेशका विभिन्न क्षेत्रमा लगानी गरिरहेको भन्ने आसयका समाचार  सार्वजनिक भएपछि सूचनामार्फत् विदेशमा पैसा नलैजान सेचत गराएको हो।

बैंकले विदेशमा घरजग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा लगायतका पुँजीगत प्रकृतिका कारोबार नगर्न सचेत गराएको छ। साथै, त्यससम्बन्धी प्रचारप्रसार नगर्नसमेत आग्रह गरिएकाे छ।

केन्द्रीय बैंकले तोकिदिएको व्यवस्थाबाहेक विदेशमा भुक्तानी हुनेसम्बन्धी कार्य नगर्न नगराउन ध्यानाकर्षण गराएको छ। त्यस्तो कार्य गरेकाे पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ।

पुष २९, २०७९ शुक्रबार १७:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।