श्रीलंकाले सैन्य क्षमता आधाले घटाउने

श्रीलंकाले सैन्य क्षमता आधाले घटाउने

एजेन्सी : आर्थिक मन्दीको सामना गरिरहेको श्रीलंकाले आफ्नो सेनामा ठूलो कटौतीको घोषणा गरेको छ।

समाचार एजेन्सी पीटीआईको रिपोर्टअनुसार श्रीलंकाले सन् २०३० सम्ममा आफ्नो सैन्य क्षमता आधाले घटाउने बताएको छ।

सन् २०२३ को बजेट प्रस्तावमा श्रीलंकाले अब थप प्राविधिक र रणनीतिक रूपमा सन्तुलित रक्षा बल निर्माणमा केन्द्रित हुने उल्लेख गरेको छ।

श्रीलंकामा स्वास्थ्य र शिक्षामा हुने खर्चभन्दा रक्षा खर्च बढि भएको भन्दै आलोचना भइरहेको छ।

श्रीलंकाको सेनामा हाल २ लाख ७८३ सैनिक छन्, जसलाई सन् २०३० सम्ममा एक लाखमा झार्ने लक्ष्य राखिएको छ।

पुष २९, २०७९ शुक्रबार १७:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।