२३ प्रतिशतले बढ्यो रेमिट्यान्स, ४८० अबै नेपाल भित्रियो

२३ प्रतिशतले बढ्यो रेमिट्यान्स, ४८० अबै नेपाल भित्रियो

काठमाडौं : पछिल्लो पाँच महिनामा रेमिट्यान्स आयातमा २३ प्रतिशत वृद्धि भएको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो पाँच महिनाको तथ्याङ्कअनुसार २३ प्रतिशत वृद्धि भएर रेमिट्यान्स भित्रिएको हो।

२३ प्रतिशतले बढ्दा मंसिरसम्म ४८० अर्ब ५० करोड रूपैयाँ देश भित्रिएको छ। अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ७१ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा खुद ट्रान्सफर २१.६ प्रतिशतले वृद्धि भई ५३० अर्ब ६ करोड रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो।

पुष २९, २०७९ शुक्रबार १७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।