नबिल बैंकले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने
काठमाडौं : नबिल बैंकले आफ्ना सेयर धनीलाई ३० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ। शुक्रवार भएको बैंकको ३८औँ वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रस्तावित लाभांश प्रस्ताव पारित गरेको हो।
सञ्चालक समितिले गत आर्थिक वर्षको सञ्चित मुनाफा तथा अन्य वितरणयोग्य कोषबाट सेयरधनीलाई १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।
समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयरपश्चात् बैंकको चुक्ता पुँजी २७ अर्ब नाघेको छ। नबिलले आर्थिक वर्ष ०७८–७९ मा चार अर्ब २५ करोड ६० लाख रुपैयाँ नाफा गरेको थियो।
पुष २९, २०७९ शुक्रबार १५:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।