मन्त्रिपरिषद विस्तारको तयारीः हिजाे प्रचण्ड बालकाेट पुगे, आज ओली बालुवाटारमा

मन्त्रिपरिषद विस्तारको तयारीः हिजाे प्रचण्ड बालकाेट पुगे, आज ओली बालुवाटारमा

काठमाडौंः मन्त्रिपरिषद विस्तारको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे दाैडधूप जारी छ।

हिजाे (बुधबार) ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोट पुगेका थिए भने आज (बिहीबार) ओली प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।

प्रचण्ड र ओलीले मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल गर्न बोलाइएको सत्तारुढ गठबन्धनको बैठकअघि छलफल गरेका हुन्।

प्रचण्ड निवास बालुवाटारमा भएकाे भेटवार्तामा मन्त्रिपरिषद विस्तारसँगै सभामुख र उपसभामुखकाे निर्वाचन लगायतका विषयमा छलफल भएकाे बताइएकाे छ।

पुष २८, २०७९ बिहीबार १८:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।