लुम्बिनीका मुख्यमन्त्री गिरीले पदभार ग्रहण गर्दै भने- ‘समृद्ध प्रदेश खुसी प्रदेशबासी’ को नारालाई साकार पार्छु
बुटवलः लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले पदभार ग्रहण गरेका छन्। आज अपरान्ह शपथ लिए लगत्तै मुख्यमन्त्री गिरीले पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण गरे लगत्तै पत्रकारहरुसँग कुरा गर्दै गिरीले अब सबैलाई समेटेर सत्ता गठबन्धनका नेताहरुसँगै अगाडि बढ्ने बताए। उनले ‘समृद्ध प्रदेश खुसी प्रदेशबासी’ को नारालाई साकार पार्न सबै दलको बराबर भूमिका रहने उल्लेख गर्दै सबैसँग मिलेर हिँड्न तयार रहेको बताए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रवेश गर्दा गिरीलाई प्रदेश सरकारका प्रमुख सचिव दीपक काफ्लेले स्वागत गरेका थिए।
पुष २८, २०७९ बिहीबार १७:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।