सरकारले माग्याे काेभिड खाेपकाे थप १५ लाख डाेज, चीनमा काेभिड संक्रमण बढेपछि नेपालमा सक्रियता बढ्याे
काठमाडौंः चीनमा कोरोना भाइरस सङ्क्रमण फैलिरहेको अवस्थामा सरकारले काेभिडकाे बुस्टर डोजका लागि थप खोपको माग गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप १५ लाख मात्रा बुस्टर डोज माग गर्दै आज पुनः ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) लाई औपचारिक रुपमा पत्र पठाएको छ।
स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख सागर दाहालले आज १५ लाख मात्रा खोपका लागि ‘गाभी’ लाई पत्र पठाइएको जानकारी दिए। यसअघि पुस १४ गते पनि शाखाले बुस्टर डोजका लागि १५ लाख मात्रा खोप माग गरी पत्र पठाएको थियो ।
उक्त पत्रानुसार गाभीले आगामी माघ १९ गते १५ लाख मात्रा खोप उपलब्ध गराउने जानकारी गराइसकेको छ। बुस्टर डोजका लागि १५ लाख मात्रा खोपले मात्र नपुगेपछि थप १५ लाख मात्रा खोपका लागि पत्र पठाइएकाे हाे।
पुष २८, २०७९ बिहीबार १६:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।