एक वृद्धाको ज्यान लिएकाे जंगली हात्ती गोविन्देलाई दिइयाे मात नियन्त्रण गर्ने औषधि

एक वृद्धाको ज्यान लिएकाे जंगली हात्ती गोविन्देलाई दिइयाे मात नियन्त्रण गर्ने औषधि
सांकेतिक तस्बिर

चितवनः चितवन राष्ट्रिय निकुञ्जले पश्चिम चितवन क्षेत्रमा रहेको जंगली हात्ती गोविन्देलाई मात नियन्त्रण गर्ने औषधि दिएकाे छ। मंसिरमा उक्त हात्तीले मेघौली क्षेत्रमा एक वृद्धाको ज्यान लिएपछि निकुञ्जले हात्तीलाई मात नियन्त्रण गर्ने औषधि दिएकाे हो।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही पुस ३ गतेदेखि सोही क्षेत्रमा क्यामेरा ट्यापिंगमा रहेको निकुञ्जको प्राविधिक टोलीले हात्तीलाई मात नियन्त्रण गर्ने औषधि दिएकाे हो। 

निकुञ्जबाट बाहिर निस्किएर अन्य मानवीय क्षति गर्नसक्ने आशंकामा हात्तीलाई प्राविधिक टोलीले औषधि दिएको तिवारीले बताए। अहिले गोविन्दे मात चढेको अवस्थामा नरहेको उनले जानकारी दिए।

पुस २० गतेसम्म बसेको सो प्राविधिक टोलीले हात्तीको उचित व्यवस्थापनका लागि बाघ गणनामा प्रयोग गरिएका चार जोडी क्यामेरा प्रयोग गरेकाे थियाे। सोही क्रममा हात्तीलाई औषधि दिइएको हो। 

पुष २८, २०७९ बिहीबार १६:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।