नेप्से परिसूचकमा उच्च अंककाे गिरावट, काराेबार रकम भने ५ अर्ब माथि

नेप्से परिसूचकमा उच्च अंककाे गिरावट, काराेबार रकम भने ५ अर्ब माथि

काठमाडाैंः कारोबार हुने साताको अन्तिम दिन आज (बिहीबार) धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले ओरालो लागेको छ। आज नेप्से परिसूचक ४१.०२ अङ्कले ओरालो लागेर २१४९.४१ मा सीमित भएको हाे।

बिहीबार कुल १ करोड ४४ लाख ८२ हजार नौ सय ५९ कित्ता सेयर ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार सात सय २४ मूल्यमा खरिद बिक्री भए। कारोबार भएकामध्ये २१ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.८९ अङ्कले ओरालो लागेर ४११.२५ मा झरेकाे छ। नेप्सेका अनुसार कारोबारका आधारमा शिवम सिमेन्ट शीर्ष स्थानमा छ। यस कम्पनीको २२ करोड २० लाख १२ हजार एक सय ३१ बराबरको कारोबार भयो। 

बिहीबार धनवृद्धि योजना, सिङ्गटी हाइड्रो इनर्जी र बाराही हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लागेको छ।

पुष २८, २०७९ बिहीबार १६:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।