लुम्बिनीका मुख्यमन्त्री गिरीले लिए शपथ

लुम्बिनीका मुख्यमन्त्री गिरीले लिए शपथ

बुटवलः लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले पद तथा गोपनियताको शपथ लिएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको स्थायी राजधानी देउखुरी उपत्यकमा मुगेर मुख्यमन्त्री गिरीलाई शपथ गराएका हुन्।

बुधबार संविधानको दफा १६८(२) बमोजिम नियुक्त भएका मुख्यमन्त्री गिरीले आज देउखुरी उपत्यकामा बनेको नवनिर्मित प्रदेशसभा भवन अगाडि आयोजित बिशेष कर्याक्रममा शपथ लिएका हुन्।

मुख्यमन्त्रीको शपथ लगत्तै प्रदेश प्रमुख शेरचनले नवनियुक्त मन्त्री द्वय चेतनारायण आचार्य र कृष्णा केसीलाई पद तथा गोपनियताको शपथ गराएका छन्। मन्त्रीहरुलाई हाल बिना विभागीय नियुक्त गरिएको छ। दलहरुबीच भागवण्डा मिलेपछि उनीहरुले जिम्मेवारी पाउने छन्।

पुष २८, २०७९ बिहीबार १६:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।