सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशनः राजनीतिक दलको दबाबमा नपरी काम गर्नुस्, रास्वपाकाे हकमा झन निर्मम बन्नुस्

सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशनः राजनीतिक दलको दबाबमा नपरी काम गर्नुस्, रास्वपाकाे हकमा झन निर्मम बन्नुस्

काठमाडाैंः गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई कुनै पनि राजनीतिक दलको दबाबमा नपरी काम गर्न निर्देशन दिएको बताएका छन्। आज भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको बताए।

‘अपराध अनुसन्धानमा राजनीतिक दलले बाधा पुर्याउने वा मेरो मान्छे छोडिदेउ जस्ता कुरा नसुन्नुहोस्। त्यसरी दबाब दिएको प्रमाण ल्याएमा त्यस्ता मानिसलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको छु’ , उनले भने।

उनले आफू सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा झन बढी निर्मम भएर काम गर्न निर्देशन दिएको बताए। साथै, जे सही हो त्यही मात्र काम गर्न र आदेश होइन कानुन पालना गर्न सुरक्षा संयन्त्रलाई निर्देशन दिएको जानकारी उनले दिए।

उनले भने, ‘सबै प्रमुख जिल्ला अधिकारीहरुलाई कसैको पनि प्रभावमा नपरी काम गर्नका लागि निर्देशन दिएको छु।कानुनको पालना गर्न र गल्ती काम नगर्न सचेत गराएको छु।’ 

पुष २८, २०७९ बिहीबार १४:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।