अर्जेन्टिनालाई विश्वकप जित्न विशेष ‘हर्बल ड्रिंक’ ले साथ दिएकाे खुलासा

अर्जेन्टिनालाई विश्वकप जित्न विशेष ‘हर्बल ड्रिंक’ ले साथ दिएकाे खुलासा

एजेन्सीः लियोनल मेस्सीको नेतृत्वमा रहेकाे विश्वकप विजेता अर्जेन्टिनाकाे टिम कतार विश्वकपकाे समूह चरणकाे पहिलाे खेलमा नै साउदी अरेबियासँग २-१ ले पराजित भएकाे थियाे। तर पहिलाे खेल हारेपछि प्रतियाेगितामा सानदार कमब्याक गरेकाे अर्जेन्टिनाले अन्त्यमा विश्वकपकाे उपाधि नै जित्याे।

यस विश्वकपमा अर्जेन्टिनाका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्नुका पछाडि एउटा हर्बल ड्रिंककाे साथ रहेकाे बताइएकाे छ। न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार अर्जेन्टिनी फुटबलरहरुकाे खेलस्तर उकास्न ‘येर्बा मेट’ नामक कडा एवं टर्रो स्वादको पेय पदार्थ, हर्बल ड्रिंकले ठूलो काम गरेको थियाे।

उक्त पेय पदार्थ अमेरिकी रैथाने वनस्पतिको पातबाट तयार गरिन्छ। येर्बा मेट पाराग्वे, उरुग्वे, ब्राजिल तथा अर्जेन्टिनामा प्रसिद्ध छ। समाचार अनुसार यो पेय पदार्थ फुटबल खेलाडीका लागि सौभाग्यशाली मानिन्छ।

विश्वकपमा खेलाडीहरूका लागि भनेर ब्राजिलकाे टिमले २६ पाउन्ड र उरुग्वेले ५३० पाउन्ड येर्बा मेट कतार लगेका थिए। तर अर्जेन्टिनाकाे टिमले विश्वकपमा सबैभन्दा बढी ११ सय पाउन्ड येर्बा मेट हर्बल ड्रिंक प्रयाेग गरेकाे बताइएकाे छ।

पुष २८, २०७९ बिहीबार १२:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।