बाबुराम गौतम प्रदेश १ काे सभामुखमा निर्विरोध निर्वाचित
काठमाडौं : प्रदेश १ सभामुखमा माओवादी केन्द्रका प्रदेश सांसद बाबुराम गौतम बिहीबार निर्विरोध निर्वाचित भएका छन्।
एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीको प्रस्ताव र माओवादी केन्द्रका प्रदेश सांसद नारायणबहादुर बुर्जामगरको समर्थनमा गौतम निर्विरोध सभामुख निर्वाचित भएका हुन्।
उनको विरुद्ध कसैले पनि उम्मेदवारी नदिएपछि प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईले गौतम निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।
उनले आजै प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनियताको सपथपछि दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकको अध्यक्षता गर्नेछन्।
गाैतम ओखलढुंगा १(२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।
पुष २८, २०७९ बिहीबार १२:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।