सत्ता साझेदार दलको बैठक आज, मन्त्रिपरिषद् बैठक ११ बजे

सत्ता साझेदार दलको बैठक आज, मन्त्रिपरिषद् बैठक ११ बजे

काठमाडौं : मन्त्रिपरिषद् विस्तारलगायत विषयलाई टुङ्गोमा पुर्याउन सत्ता साझेदार दलको बैठक बस्दैछ।

अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।

बैठकमा मन्त्रिपरिषद्को विस्तार, सभामुखको निर्वाचन, सरकारको प्रभावकारितालगायत विषयमा छलफल हुनेछ।

बुधबार साँझ प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको थियो।

प्रधानमन्त्री दाहालले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिइसकेका छन्। तत्काल उपस्थित २७० मध्ये उनलाई २६८ सांसद्ले विश्वासको मत दिए।

यसैबीच, आजै मन्त्रिपरिषद्को नियमित बैठक पनि राखिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्नेछ।

पुष २८, २०७९ बिहीबार ०९:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।