खाना नपकाएको विषयमा विवाद, श्रीमानकाे लात्ती प्रहारबाट श्रीमतीकाे मृत्यु
झापा : श्रीमान्को लात्ती प्रहारबाट झापाको अर्जुनधारा नगरपालिकामा एक महिलाको मृत्यु भएको छ।
अर्जुनधारा–९ मा डेरागरी बस्ने ३६ वर्षीया प्रमिला भुजेल घिसिङको मृत्यु भएको हो।
मंगलबार साँझ ६ बजे एकअर्काबीच झगडा हुँदा ३५ वर्षीय श्रीमान् विश्वराज घिसिङले प्रमिलालाई लात्ती हानेको प्रहरीले जनाएको छ।
खाना नपकाएको विषयमा विवाद हुँदा विश्वराजले लात्तीले प्रमिलाको पेटमा प्रहार गरेका थिए।
प्रमिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त पाठकले जानकारी दिए।
घिसिङ दम्पती भोजपुरको अरुण गाउँपालिका–१ स्थायी घर भई हाल झापा अर्जुनधारा नगरपालिका–९ खरबन्दीमा डेरामा बसोबास गर्दै आएका थिए।
लात्ती प्रहार गर्ने विश्वराजलाई नियन्त्रणमा लिएको डीएसपी पाठकले बताए।
पुष २८, २०७९ बिहीबार ०८:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।