लुम्बिनीका मुख्यमन्त्रीकाे शपथग्रहण आज, ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी

लुम्बिनीका मुख्यमन्त्रीकाे शपथग्रहण आज, ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी

बुटवल : नवनियुक्त लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीलेले आज (बिहीबार) पद तथा गोपनियताको सपथग्रहण गर्दैछन्।

बुधबार मुख्यमन्त्री नियक्ति भएका गिरीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराउँदै छ।

प्रदेश राजधानी दाङ देउखुरीस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १ बजे सपथग्रहण कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएकाे छ।

एमाले प्रदेश संसदीय दलका नेता गिरी बुधबार नेपालको संविधानको धारा १६८ (२) बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए।

उनलाई माओवादी केन्द्र, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति, लोसपा र स्वतन्त्रबाट निर्वाचित ५८ सांसद्को समर्थन छ।

सपथग्रहणपछि सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने मुख्यमन्त्री गिरीको तयारी छ। लुम्बिनी प्रदेशमा बढिमा ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने एमाले र माओवादी केन्द्रबीच समझदारी छ।

अघिल्लो मन्त्रिपरिषद् १७ सदस्यीय रहेकोमा यसलाई घटाएर ११ बनाउन लागिएको छ।

लुम्बिनी प्रदेशसभामा १० राजनीतिक दल रहेकोमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी बाहेकका दलहरूको समर्थन गिरीले पाएका छन्।

पुष २८, २०७९ बिहीबार ०७:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।