विमानमै वृद्धामाथि पिसाब गरेको आरोपमा पक्राउ परेका शंकर मिश्रलाई जमानत दिन अस्वीकार

विमानमै वृद्धामाथि पिसाब गरेको आरोपमा पक्राउ परेका शंकर मिश्रलाई जमानत दिन अस्वीकार

एजेन्सी : दिल्लीको पटियाला हाउस अदालतले एयर इन्डियाको विमानमा एक वृद्ध महिलालाई पिसाब गरेको आरोपमा पक्राउ परेका शंकर मिश्रलाई जमानत दिन अस्वीकार गरेको छ।

गत नोभेम्बरमा एयर इन्डियाको उडानमा एक वृद्ध महिलालाई पिसाब गर्ने व्यक्तिलाई गत हप्ता बेंगलुरुबाट पक्राउ गरिएको थियो।

आरोपीलाई पक्राउ गर्दा दिल्ली पुलिस पनि बेंगलुरु पुलिसको साथमा थियो।

पक्राउ पर्दा अभियुक्त आफ्नी बहिनीको घरमा बस्दै आएका थिए। यसअघि अभियुक्तका पिताले छोरालाई निर्दोष घोषणा गरेका थिए।

बुधबार दिउँसो पटियाला हाउस अदालतले मिश्रको जमानत आवेदनमा आफ्नो निर्णय सुरक्षित राखेको थियो।

शंकर मिश्रले आफ्नो निवेदनमा आफू कानूनबाट भागेको नभएको र अहिलेसम्म अनुसन्धान एजेन्सीलाई सहयोग गरेको बताएका थिए।

उनका वकिलले बीबीसीलाई भने, ‘जनवरी ४ मा एफआइआर दर्ता हुँदासम्म एयर इन्डियाले आन्तरिक अनुसन्धान सुरू गरिसकेको थियो। हामी उनीहरूसामु पनि हाजिर भएका छौं। हामी कानूनबाट भागेका छैनौं।’

तर महानगरीय मजिस्ट्रेट कोमल गर्गले यी तर्कहरू अस्वीकार गर्दै उनको जमानत निवेदन खारेज गरिदिए।

पुष २८, २०७९ बिहीबार ०७:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।