पेरिसको रेल स्टेसनमा एक व्यक्तिले ६ जनालाई छुरा हाने, यसपछि प्रहरीले उनलाई गाेली हान्याे

पेरिसको रेल स्टेसनमा एक व्यक्तिले ६ जनालाई छुरा हाने, यसपछि प्रहरीले उनलाई गाेली हान्याे

एजेन्सीः पेरिसको एक व्यस्त गारे डु नोर्ड रेल स्टेसनमा बुधबार एक आक्रमणकारीले ६ जनालाई छुरा प्रहार गरी घाइते बनाएका छन्। बुधबार बिहान भएको आक्रमणमा परी ६ जनामध्ये एक जना गम्भीर घाइते भएकाे बताइएकाे छ।

प्रहरीले यस छुरा प्रहारलाई आतङ्कवादी हमलाको रूपमा नभई सामान्य आक्रमण प्रयासको रूपमा रहेकाे घटना भएकाे बताएकाे छ। आक्रमणकारीको उद्देश्य भने तत्काल स्पष्ट हुन सकेको छैन।

फ्रान्सेली ‘ले पेरिसियन’ पत्रिकाका अनुसार आक्रमणमा एक प्रकारको ‘तिखो र धारिलो हतियार’ प्रयोग भएको थियो।

यसपछि प्रहरीले तीन राउण्ड गोली चलाउँदा आक्रमणकारीको छातीमा चोट लागेको थियो। प्रहरीको प्रतिरोधमा गम्भीर घाइते भएका आक्रमणकारीलाई अस्पताल लगिएको र उनको उपचार भइरहेको जनाइएकाे छ।

पुष २७, २०७९ बुधबार २१:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।